• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुर्त गतिमा बढ्दै।


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • काठमान्डौ – ३ बर्ष देखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रेणु दाहालको नेतृत्वमा धमाधम निर्माण कार्य सुरु गर्न ठेकेदारले थाले पूर्वतयारी रंगशालाको निर्माण कार्य धमाधम सुरु दर्शक बृन्द ३ बर्ष देखि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पछि बीचमा आर्थिक समस्याले रोकिएको थियो चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ ।

    Advertisement

    भरतपुर महानगरपालिका–१५ मा बन्दै गरेको रंगशाला । अहिले भरतपुर महानगरपालिकाले नयाँ ठेक्का लगाएपछि निर्माणको जिम्मा पाएको हिमालयन,कालीञ्चोक बीबीआर जेभीले निर्माणपूर्वका तयारी सुरु गरेको हो । रंगशाला निर्माणस्थलमा साइट अफिस स्थापना गर्ने, मैदानको सरसफाइ गर्ने जस्ता काम गरिसकेको निर्माण कम्पनीले आवश्यक उपकरण पनि ल्याइसकेको छ ।

    निर्माणका लागि आवश्यक बालुवा, गिट्टी र इट्टा तथा रडको ल्याब परीक्षण सुरु गरेको बीबीआर निर्माण कम्पनीका अध्यक्ष विकास गौतमले जानकारी दिएका छन् । उनले महानगरपालिकाबाट प्राप्त नक्सा र डिजाइनको अध्ययन भइरहेको र अर्को हप्ताबाट सिमेन्टको काम सुरु गर्ने बताए । काम हेर्न तथा सल्लाह दिनका लागि भारतको कलकत्ताबाट विज्ञलाई नेपाल बोलाएको गौतमले बताए ।

    सुरुमा बाँकी रहेका पिलर भर्ने तथा प्याराफिट ढलानका कामहरु अगाडि बढाउने गौतमले जानकारी दिए । आवश्यक निर्माण सामग्रीहरु उपलब्ध गराउने सव कन्ट्याक्टरहरुसँग छलफल भइरहेको उनले गौतमले बताए ।

    केही दिनअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल तथा प्राविधिकसहितको टोलीले निर्माण कम्पनीका प्रतिनिधिसहित रंगशालाको अनुगमन गरेर यथाशक्य छिटो निर्माणको काम सुरु गर्न निर्माण कम्पनीलाई अनुरोध गरेका थिए ।

    भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्न लागेको रंगशालामा १५ हजार दर्शक अट्ने प्याराफिटसहित ५ वटा पिच बनाइँदैछ । निर्माणस्थलमा सहजीकरणका लागि महानगरपालिकाको एक कार्यालय पनि त्यहीँ रहने बताएका छन् महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान हिमालयन कालीञ्चोक बीबीआर जेभीले तयार गर्नेछ ।

    सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले ५ हजार जना अट्ने प्याराफिट तयार गरिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ । रंगशाला निर्माणको पहिलो किस्ता (१० प्रतिशत) वापत निर्माण कम्पनीले ६ करोड ८० लाख रकम असार मसान्त अगाडि नै भुक्तानी लिइसकेको छ ।

    निर्माण कम्पनीको साइटमा कन्ट्याक्ट म्यानेजर १ जना, सहायक इन्जिनियर १, सर्भेयर २, सब इन्जिनियर १ जना तथा अन्य व्यवस्थापकीय टिम रहने छन् । ३० महिनाभित्र सक्ने गरी निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग गत असार २३ गते सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार रंगशाला निर्माणको काम २०८३ पुस २२ गतेसम्म सक्नुपर्नेछ ।

    रंगशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको अर्यालले जानकारी दिए । महानगरले रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले तोकेको अवधिभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिने बताए ।

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?
    काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान
    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • २.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ३.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ४.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • ५.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • ६.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ७.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ८.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.