काठमाडौं – जिल्ला सुनसरी दुहवी नगरपालिका स्थित मामा घरको आगनमा खेली रहेकी ६ बर्षिय नाबालिका अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ का ५० वर्षीयको संजय पासवानले बालिकालाई कोही कसैलाई नसोधी मन्जुरीनै नलिई उठाई लिई गएको हुँदा निजको खोजतलाश गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन इलाका प्रहरी कार्यालय दुहवीमा दिएको उजुरीका आधारमा प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ विराटनगर वडा न. ६ रामपुरका ५० वर्षीय संजय पासवान, कटहरी गाउँपालिका वडा नं. ६ घर भई हाल विराटनगर वडा न. १० मा डेरा गरी बस्ने ५० बर्षिय कलानन्द पासवान र सोही ठाउँकी ४० बर्षिय सरिता पासवानलाई पक्राउ गरीएको हो । तीनै जनालाई सुनसरी जिल्ला अदालतमा ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त हुलीया र उजुरी आएको अनुसार बुझ्दै जाँदा नाबालीकाको ठूलीआमा वैदेशिक रोजगारीको लागि विदेश जाने भनी काठमाडौ गएको र संजय पासवानले बालिकाको मामालाई फोन गरी ‘तेरो भान्जी मेरो कब्जामा छ’ तेरो दिदीलाई बोला अनि मात्र म बच्चालाई लिएर आउँछु, होइन भने अरुलाई दिन्छु, भनी बताएको जानकारी समेत प्राप्त भएकाले थप खोज अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ-सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले खोजी कार्य गर्दै जाँदा बुधबार बिहानको ०६ः१५ बजे मोरङ विराटनगर म.न.पा. वडा न. १० को कलानन्द पासवान र सरिता पासवानको डेरा कोठामा शंका लागी चेक जाँच गर्दा ती नाबालिकालाई बन्धक बनाई राखेको अवस्थामा उद्धार गरीएको थियो ।