• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

काठमाडौंसहित छुट्टाछुट्टै स्थानमा दुर्घटना पाँच जनाको मृत्यु,


  •   बुधबार, असार ०१, २०७९ मा प्रकाशित
  • काठमाडौँ: काठमाडौँ, चितवन, सर्लाहीलगायत छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-६ धापासी डाँफे कोलोनी नजिक सडकमा प्रदेश १-०२१ च २९५६ नम्बरको कार र प्रदेश २-०३५ प ०५२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-६ धापासी बस्ने १९ वर्षीया प्रबिना नेपालको भतिज नाता पर्ने ५ वर्षीय प्रियन्स उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Advertisement

    यता चितवनको कालिका नगरपालिका-५ सिमाचोकस्थित सडकमा ना.३९ प २९७१ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००७ प ५६७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ बस्ने ५० वर्षीय बल बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    सर्लाहीको मलगंवा नगरपालिका-६ लखनदेई खोलास्थित सडकमा ज.१ त ३८२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक चन्द्रनगर गाउँपालिका-५ मोहनपुर बस्ने ३२ वर्षीय रविन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ ।

    उता धादिङमा निलकण्ठ नगरपालिका-३ ईजारास्थित भित्री सडकमा धादिङबेसीबाट जुरेथुमतर्फ जाँदै गरेको बा.१८ च २८२० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार निलकण्ठ नगरपालिका-२ जुरेथुम बस्ने ३२ वर्षीय प्रेम गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    त्यस्तै मोरङको बेलवारी नगरपालिका-४ बेतनामा ना.६ ख ५५४४ नम्बरको ट्रकले को.२० प ७६ ४५ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटर चालक बेलवारी नगरपालिका-५ बस्ने २६ वर्षीय विक्रम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    बुधबार, असार ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.