• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

मुख्यमन्त्री पाण्डेको आरोप: बालेन्द्र साहमा आलोचना सुन्ने धैर्यता देखिएन,


  •   मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
  • काठमाडौँ: अहिले काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच ‘टसल’ को अवस्था देखिएको छ । हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव सुरु भएको हो ।

    Advertisement

    प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह कार्यक्रम नै छोडेर हिँडेका थिए । उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाएका छन् । दुई दिने अभिमुखीकरण कार्यक्रम आज समापन भएको छ । उद्घाटनको दिन कार्यक्रम छोडेर हिँडेका काठमाडौंका मेयर र उपमेयर दोस्रो दिन सहभागी भएनन् । यो विषयलाई बाग्मती सरकारले कसरी हेरेको छ रु हामीले बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग संक्षिप्त कुराकानी गरेका छौ ।

    मुख्यमन्त्री पाण्डेले अर्थमन्त्रीले राखेको धारणा उनको व्यक्तिगत भएको बताए । आफूले यो कुरा भाषणमा नै प्रस्ट्याएकाले काठमाडौंका मेयर असन्तुष्ट हुनुपर्ने कारण नभएको उनको भनाइ छ
    मेयर साहले अभिमुखीकरण कार्यक्रम नै बहिष्कार गरेको विषयमा भने आफू अनभिज्ञ रहेको उनले बताए ।

    उहाँले आफ्नो व्यक्तिगत धारणा राख्नुभएको हो । मैले प्रमुख अतिथिको रूपमा बोल्दा काठमाडौंको फोहोर उठाउने कुरामा आफूहरू जुनसुकै भूमिका निभाउन तयार रहेको स्पष्ट पारेको छु । काठमाडौं पनि बागमती प्रदेशभित्रै महानगर भएकाले यहाँको फोहोरको चिन्ता हामीलाई पनि उत्तिकै छ पाण्डेले भने । उनले मेयर साहको विषयमा टिप्पणी गर्दै राजनीतिक व्यक्ति नभएकाले आलोचना सहने क्षमता नदेखिएको बताए ।

    पाण्डेले भने कसैले उहाँको विरोध गर्नै नपाउने आलोचना गर्नै नपाउने भन्ने हुँदैन । त्यस्तो भयो भने त अर्को तानाशाही जन्मिहाल्छ नि । उहाँ त्यो बाटोमा जानु भएन । आलोचना सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ । अहिले देश नै बालेन्द्रमय भएको र उनको विषयमा केही बोल्नै नहुने माहोल बनाइएको भन्दै पाण्डेले चिन्ता व्यक्त गरे ।

    उहाँलाई जनताले निर्वाचित गरेर मेयर बनाएका हुन् । केशव स्थापित र सिर्जना सिंहभन्दा केही बढी भोट ल्याएर उहाँले जित्नुभएको हो । त्यसैले आफूलाई सर्वोपरि ठान्नु हुँदैन,उनले भने । मेयर साहले आफ्नो घरमै आएर फोहोर व्यवस्थापनका बारेमा छलफल गरेको पनि पाण्डेले सुनाए । पाण्डेका अनुसार साहले सेना परिचालन गरेर भए पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

    त्यसमा मैले सहमति जनाइनँ उनले भने जनतामाथि सेना प्रयोग गर्न मिल्दैन र तपाईँ यस्तो बाटोमा नलाग्नुस् भनेर सुझाव दिएको हुँ । पाण्डेले काठमाडौंको फोहोर बन्चरे डाँडामा फाल्नु नै दिगो समाधान नहुने तर्क गरे । त्यहाँका स्थानीयवासीको पीडा पनि सम्बोधन हुनुपर्ने उनको भनाइ थियो ।

    फोहोर फाल्ने ठाउँका समस्या के के हुन् र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर पनि ध्यान दिनपर्ने छ। उनले भने बन्चरे डाँडामा लगेर फोहोर फालेर मात्र हुँदैन त्यसको उचित व्यवस्थापन पनि गर्नुपर्छ । फोहोरबाट निस्केको ग्यास, आएको दुर्गन्ध र पानीमा फैलिएको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा पनि ध्यान दिन जरुरी रहेको उनले बताए । आफू संघीय मन्त्री भएको बेला त्यहाँको सडक निर्माण स्वास्थ्य चौकीको निर्माण र विद्यालयहरूमा १ सय जनालाई रोजगारीको व्यवस्था गरेको उनले उल्लेख गरे ।

    • बालेन्द्र साह
    • मुख्यमन्त्री पाण्डे
    मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’
    सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा
    देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    भर्खरै

    • १.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • २.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    • ३.
      देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

    • ४.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ७.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ८.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.