• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

जाममा परेकी श्रीमतीलाई लिनजादा पहिरोमा परेर श्रीमानको मृतु


  •   शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
  • काठमाडौँ: तनहुँको आँबुखैरेनीमा इलेक्ट्रोनिक पसल चलाउँदै आएका केशव घिमिरे शुक्रबार बिहान झिसमिसेमै नारायणघाट मुग्लिन सडकखण्डमा जाममा परेकी श्रीमती विष्णुमाया लामिछानेलाई लिन भनेर घरबाट निस्किएका थिए ।

    Advertisement

    छोरासहित चितवनको माइतीघर गएकी लामिछाने घर फर्कने क्रममा जाममा परेकी थिइन् । त्यसैले उनले श्रीमानलाई लिन बोलाएकी थिइन् । बिहानीपख जाम खुल्यो, उनी माइक्रोमा चढेर आँबुखैरेनीतिर लागिन् । आँबुखैरेनीमा रहेका उनका श्रीमान केशव मोटरसाइकलमा मुग्लिनतिर ।

    मुग्लिन कटेर आँबुखैरेनीतिर अघि बढ्दै गर्दा साँखरमा लामिछानेले सडकमुनि एक जना मान्छे लडेको अवस्थामा देखिन् । उनले आफू चढेको माइक्रोका चालक र यात्रुलाई त्यो कुरा सुनाइन् पनि । तर कसैले चासो दिएनन् । माइक्रो सरासर आँबुखैरेनीतिर अघि बढ्यो । उनी घर पुगिन् ।

    घरमा श्रीमान् हुने कुरै भएन, उनी श्रीमती लिन मुग्लिनतिर लागेका थिए । तर मुग्लिन पुगेका थिएनन् । उनका श्रीमान केशव साँखरमा दुर्घटनामा परेका थिए । जसलाई लामिछानेले देखेकी थिइन् र सहयात्रीहरुलाई सुनाएकी पनि ।

    तर दुर्भाग्य, जहाँ केशव दुर्घटनामा परेर लडिरहेका थिए । त्यो ठाउँ नै बिहान ४ बजेर ५० मिनेटको आसपासमा पहिरोसहित नदीमा खस्यो, केशवपहिरोसँगै । घर पुगेकी लामिछानेले पछि मात्र साँखरमा पहिरोले सडक भत्कायो भन्ने थाहा पाइन् ।

    दिदी र भाञ्जालाई लिन बिहानै जाँदा भीरमा खस्नुभएको रहेछ,’ निशान लामिछानेले भने, ‘दिदीले उताबाट आउँदा त्यहाँ मान्छे खसेको छ पनि भन्नुभएको रे । तर दुर्भाग्य आफ्नै श्रीमान रहेको थाहा नै भएन ।’

    पहिरोस्थलबाट केशवसँगै मकवानपुरको हेटौंडाका ३३ वर्षीय यमबहादुर भुजेलको शव निकालेको तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । शव भेटिए पनि केशव चढेको ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला पार्न सकेको छैन ।

    पहिरोमा परेका केशवको शवलाई निकाल्दै उद्धारकर्ता ।
    भुजेल भने पहिरोमा नै पुरिएको बा १० च ४६७९ नम्बरको कारका चालक रहेको प्रहरीले जनाएको छ । भुजेलका भाइ विनोदका अनुसार उनी हेटौंडाबाट गोरखाका लागि यात्रु लिएर हिँडेका थिए । गोरखामा यात्रु छाडेर फर्कने क्रममा उनी पहिरोमा परेको प्रहरीले जनाएको छ । कारको नम्बर प्लेट र गाडीका केही टुक्रा भेटिए पनि पूरै कार भेटिएको छैन ।

    पहिरोमा परेर बा ३३ प १०८१ नम्बरको मोटरसाइकल वेपत्ता भएको छ । तर मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

    सडक आंशिक खुल्ला

    पहिरोले मुख्य सडक नै बगाएपछि भित्तो खारेर बाटो निकालिएको छ । जहाँबाट साना सवारी साधन ओहोरदोहोर गरे पनि ठूला र मालवहाक गाडी सञ्चालनका लाग ४–५ दिन नै लाग्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाए ।

    दिउँसो साना गाडी चले पनि रातिको समयका लागि भने सडक पूर्ण रुपमा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीका अनुसार रातिको समयमा जोखिम भएकाले साना गाडी पनि बन्द गरिएको हो । तर अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गर्न भने दिइने छ ।

    • विष्णुमाया लामिछाने
    शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.