• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

जाममा परेकी श्रीमतीलाई लिनजादा पहिरोमा परेर श्रीमानको मृतु


  •   शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
  • काठमाडौँ: तनहुँको आँबुखैरेनीमा इलेक्ट्रोनिक पसल चलाउँदै आएका केशव घिमिरे शुक्रबार बिहान झिसमिसेमै नारायणघाट मुग्लिन सडकखण्डमा जाममा परेकी श्रीमती विष्णुमाया लामिछानेलाई लिन भनेर घरबाट निस्किएका थिए ।

    Advertisement

    छोरासहित चितवनको माइतीघर गएकी लामिछाने घर फर्कने क्रममा जाममा परेकी थिइन् । त्यसैले उनले श्रीमानलाई लिन बोलाएकी थिइन् । बिहानीपख जाम खुल्यो, उनी माइक्रोमा चढेर आँबुखैरेनीतिर लागिन् । आँबुखैरेनीमा रहेका उनका श्रीमान केशव मोटरसाइकलमा मुग्लिनतिर ।

    मुग्लिन कटेर आँबुखैरेनीतिर अघि बढ्दै गर्दा साँखरमा लामिछानेले सडकमुनि एक जना मान्छे लडेको अवस्थामा देखिन् । उनले आफू चढेको माइक्रोका चालक र यात्रुलाई त्यो कुरा सुनाइन् पनि । तर कसैले चासो दिएनन् । माइक्रो सरासर आँबुखैरेनीतिर अघि बढ्यो । उनी घर पुगिन् ।

    घरमा श्रीमान् हुने कुरै भएन, उनी श्रीमती लिन मुग्लिनतिर लागेका थिए । तर मुग्लिन पुगेका थिएनन् । उनका श्रीमान केशव साँखरमा दुर्घटनामा परेका थिए । जसलाई लामिछानेले देखेकी थिइन् र सहयात्रीहरुलाई सुनाएकी पनि ।

    तर दुर्भाग्य, जहाँ केशव दुर्घटनामा परेर लडिरहेका थिए । त्यो ठाउँ नै बिहान ४ बजेर ५० मिनेटको आसपासमा पहिरोसहित नदीमा खस्यो, केशवपहिरोसँगै । घर पुगेकी लामिछानेले पछि मात्र साँखरमा पहिरोले सडक भत्कायो भन्ने थाहा पाइन् ।

    दिदी र भाञ्जालाई लिन बिहानै जाँदा भीरमा खस्नुभएको रहेछ,’ निशान लामिछानेले भने, ‘दिदीले उताबाट आउँदा त्यहाँ मान्छे खसेको छ पनि भन्नुभएको रे । तर दुर्भाग्य आफ्नै श्रीमान रहेको थाहा नै भएन ।’

    पहिरोस्थलबाट केशवसँगै मकवानपुरको हेटौंडाका ३३ वर्षीय यमबहादुर भुजेलको शव निकालेको तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । शव भेटिए पनि केशव चढेको ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला पार्न सकेको छैन ।

    पहिरोमा परेका केशवको शवलाई निकाल्दै उद्धारकर्ता ।
    भुजेल भने पहिरोमा नै पुरिएको बा १० च ४६७९ नम्बरको कारका चालक रहेको प्रहरीले जनाएको छ । भुजेलका भाइ विनोदका अनुसार उनी हेटौंडाबाट गोरखाका लागि यात्रु लिएर हिँडेका थिए । गोरखामा यात्रु छाडेर फर्कने क्रममा उनी पहिरोमा परेको प्रहरीले जनाएको छ । कारको नम्बर प्लेट र गाडीका केही टुक्रा भेटिए पनि पूरै कार भेटिएको छैन ।

    पहिरोमा परेर बा ३३ प १०८१ नम्बरको मोटरसाइकल वेपत्ता भएको छ । तर मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

    सडक आंशिक खुल्ला

    पहिरोले मुख्य सडक नै बगाएपछि भित्तो खारेर बाटो निकालिएको छ । जहाँबाट साना सवारी साधन ओहोरदोहोर गरे पनि ठूला र मालवहाक गाडी सञ्चालनका लाग ४–५ दिन नै लाग्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाए ।

    दिउँसो साना गाडी चले पनि रातिको समयका लागि भने सडक पूर्ण रुपमा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीका अनुसार रातिको समयमा जोखिम भएकाले साना गाडी पनि बन्द गरिएको हो । तर अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गर्न भने दिइने छ ।

    • विष्णुमाया लामिछाने
    शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.