सरकारले बाजुरामा निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको ,स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
रेबिजविरुद्धको खोप ,लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको, स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए । जथाभावी रुपमा छोडिएका कुकुर,स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको,खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले बताए ।
जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य ,चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप,अभाव भएको छ । लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै लक्ष्य नहुने ,भएकाले खोप खरिद गर्न समस्या भएको अधिकृत चन्दले बताए । ‘रेबिजको खोप लगाउन कहिले आउने, कहिले नआउने भएकाले खोपको समस्या भएको छ उनले भने ।
यस्तै पूर्वी उत्तरी, भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु, कालीकोटलगायतको,सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा खोप अभाव भएको ,हो ।

