×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

आजको फलफूलको थोक मूल्य यस्तो छ ?

Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

भूमि विधेयकमा रास्वपाको ३ बुँदे फरक मत सार्वजनिक !

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

६ थान नक्कली हतियारसहित सुन्धाराको सिभिल मलबाट एकजना पक्राउ !

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ४. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ५. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ६. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • ७. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

  • ८. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ९. महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

  • १०. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

तुलसीपुर-१७ मा बुवाको मृत्युपछि छोरालाई बनायो वडाध्यक्ष उम्मेदवार


  •   बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
  • काठमाडौँ: तुलसीपुर उपमहानगरपालिका-१७ का २८ वर्षीय प्रदीप चौधरीले आफू वडाध्यक्षको उम्मेदवार बन्नु पर्ला भनेर कल्पना पनि गरेका थिएनन्। भविष्यमा यही काम गर्छु वा यही बन्छु भन्नेसम्म उनले नसोचेको बताए। एकाएक उनको जीवनमा नसोचेकै भइदियो।

    Advertisement

    नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका उनका बुवा ५३ बर्षीय लबरु चौधरीको उपचारका क्रममा निर्वाचन आउनुभन्दा तीन दिनअगाडि काठमाडौंमा उपचारका क्रममा मृत्यु भयो। त्यसभन्दा पहिले लबरुले कहिलै केही स्वास्थ्य समस्या भएको कुरा परिवारमा कहिल्यै व्यक्त गरेका थिएनन्।

    ‘बुवाले हामीलाई कहिल्यै केही भन्नुभएन र रोग आफ्नो मुटुमा राखेर रात दिन पार्टीका लागि खट्नुभयो,’ प्रदीपले भने, ‘हामीले तपाईं किन औषधी गर्नु हुन्न भन्दा मलाई केही भएको छैन भन्दै सधैँ टार्नुभयो।

    बुवा लबरु कुन रोगको बिरामी थिए भन्नेबारे समेत आफूले यसअघि केही थाहा नपाएको प्रदीपले बताए। चिकित्सकले भने कलेजो र मिर्गौलाको समस्याका कारण उनको मृत्यु भएको जानकारी दिएका थिए। बुवा लबरु बिरामी भएपछि उपचारका लागि नेपालगन्ज हुँदै काठमाडौं लैजाँदासम्म छोरा प्रदीप साथमै थिए।

    शव मंगलबार बेलुका साढे ७ बजेतिर मात्रै घर ल्याई पुर्‍याए। स्थानीय खोलामा आफ्नो जातीय परम्परा अनुसार अन्तिम संस्कार गरे। नेकपा एमालेले सहानुभूति मत बटुल्ने सोचले प्रदीपलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्‍यो। एकातिर बुवा बितेको शोक र अर्कोतिर निर्वाचनमा भिड्नु पर्ने बाध्यता प्रदीपको जीवनमा आइलाग्यो।

    कहीँ-कतै जाँदा ढिला गरे बुवाले सधैँ बाबु कहाँ छस् भनेर फोन सम्पर्क गर्थे। र यसअघिका वडा सदस्यमा निर्वाचित बुवा लबरु ढिला भए छोरा प्रदीपले खोजी-नीति गर्थे। प्रदीपकै शब्दमा उनका बुवा गाउँघरका लागि एउटा इमान्दार स्वयंसेवक जस्तै थिए। जसले रातदिन जनताको सेवामा बिताए। हामी सानो छँदा बुवाले बेस संस्थामा काम गर्नुहुन्थ्यो,’ प्रदीपले भने, ‘हामीलाई बुवाले कहिल्यै पिटेको वा गाली गरेको थाहा छैन।’

    यसपटक बुवाले वडाध्यक्षको टिकट पाएपछि प्रदीपले पनि बुवाको तस्बिर छातीमा राखेर गाउँ घरमा भोट माग्दै हिँडेका थिए। परिस्थितिले आज बुवाको शेषपछि उनै त्यही ठाउँमा उभिनु परेको छ।

    स्थानीय दूधरास विद्यालयमा कक्षा १२ पढ्दापढ्दै प्रदीपले पढाई छोडेका प्रदीपले बुवाको सपना सार्थक पार्न आफू वडाध्यक्षको उम्मेदवार बनेको बताए। घरमा खेती किसानी गरेर प्रदीपले सघाउँदै आएका थिए।

    थारू समुदायमा मृत्यु संस्कार दिन/बार अनुसार हुने गर्छ। सोमबार र बिहीबार परे तीन दिनमै पनि चोखीनिधिको कार्यक्रम हुन्छ। मृत्यु संस्कारमा किरिया पुत्रीले मात्रै सबै बार्ने गर्छन। घरका अरू सदस्य तेल, नुन, बेसार र दाल खाँदैनन्। चोखीनिधिका दिन माछा, संगुरको मासु, रक्सी पनि अनिवार्य मानिन्छ। बुवा बित्दा किरिया पुत्रीले दहीसँग एक छाक भात खान्छन् भने आमा बित्दा दूध भात खान्छन्।

    भाइ प्रदीपलाई एमालेले बुवाको मृत्युपछि उम्मेदवार बनाएपछि दाजु प्रकाश चौधरी बुवाको किरिया बसेका छन्। उनको किरिया आउँदो सोमबार अर्थात् जेठ २ गते सकिन्छ। यो बीचमा प्रदीप किरिया बस्ने छैनन्। किनभने ३ गते निर्वाचन आयोगले तुलसीपुर-१७ मा निर्वाचनको मिति तोकेको छ। त्यसैले प्रदीले घरका अरू सदस्यले काज किरियाको काम सिध्याई चोखीनिधि भइ सकेपछि पछि ३ गते बेलुकादेखि मात्रै किरियाको काम थाल्ने छन्।

    अहिले त मैले कपाल फाल्न मिल्दैन,प्रदीपले भने,म जेठ ३ गते मात्रै किरिया बस्ने छु र सोही दिन शुद्धिशान्तिको कार्यक्रम गर्ने छु।

    बुवा लबरुले सोचेको कुरा पुरा गर्छु भन्ने सोचका साथ पार्टीले टिकट दिएपछि आँफु मैदानमा उत्रिएको कान्छा छोरा प्रदीपले बताए। ‘ आजदेखि नै म गाउँ घरमा भोट माग्न सुरु गर्ने छु,’ प्रदीपले भने ‘ मलाई वडाबासीले बुवालाई जस्तै माया गर्ने विश्वास लिएको छु।’

    बुधबार दिउँसो सवा १२ बजे प्रदीप तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा मनोनयन दर्ता गर्न केही समर्थकका साथ आएका थिए। साथमा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत जिल्ला सचिव मनोहर बुढाथोकी, तुलसीपुरका मेयर घनश्याम पाण्डेलगायत नेताहरू पनि पुगेका थिए। प्रदीप मनोनयन दर्ता गर्न जाँदा कुनै पनि बाजागाजा र झाँकी जुलुस केही ल्याएका थिएनन्।

    यसअघि २०७४ सालमा तुलसीपुर-१७ मा नेपाली कांग्रेसका नेता थलराज पुरी वडाध्यक्षमा निर्वाचित भएका थिए। अहिले पनि उनले सोही पदमा उम्मेदवार छन्। पुरी पनि लोकप्रिय उम्मेदवार हुन।

    बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजको फलफूलको थोक मूल्य यस्तो छ ?
    Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !
    कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते
    जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ४.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ५.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ६.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    भर्खरै

    • १.
      आजको फलफूलको थोक मूल्य यस्तो छ ?

    • २.
      Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

    • ३.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

    • ६.
      जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    • ७.
      भूमि विधेयकमा रास्वपाको ३ बुँदे फरक मत सार्वजनिक !

    • ८.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.