• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

म त सुसाइड गर्ने हो भन्थिन् जिस्केको ठान्यौं’


  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
  • काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले ‘आत्महत्या’ गरेपछि समग्र खेलकुदवृत्त स्तव्ध छ ।

    Advertisement

    प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जुले सोमबार राति सोही घरको भुइँतलाको कोठामा सलको पासो लगाएर ‘आत्महत्या’ गरेकी हुन् । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याएको छ ।

    ६ महिनाअघि नेपाल प्रहरीको जागीर छाडेर बसेकी सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी थिइन् । १३औं सागमा स्वर्ण जित्ने पहिलो महिला भारत्तोलन खेलाडीको कीर्तिमान राखेकी उनको लक्ष्य एसियाली खेलकुदमा शीर्ष पाँचभित्र पर्ने थियो । अर्थात्, उनी आफ्नो करिअरमा सकारात्मक थिइन्, एसियाड सफलताको लक्ष्य निर्धारण गरेकी थिइन् ।

    मंगलबार विहानै आगोसरी फैलिएको उनको मृत्युको समाचारले उनका साथी खेलाडीहरु सबैभन्दा स्तब्ध छन् । केहि समययता पारिवारिक र व्यक्तिगत तनावको संकेत पाएका खेलाडीहरु उनलाई बुझ्न नसकेकोमा पछुतो गर्दैछन् ।

    नेपाल पुलिस क्लबबाट सँगै खेलेकी टीका गुरुङले सञ्जुलाई बहादुर र आत्मविश्वासले भरिएको खेलाडीका रुपमा चिन्छिन् । टीकाका अनुसार पुलिसको जागिर छाडेपछिको समयमा सञ्जुको व्यवहार केहि भिन्न थियो, उनी केहि दुब्लाएकी थिइन् ।

    ‘जागीर छाडेपछि कमाइ पनि भएन भन्नेखालको चिन्ता सुनाएकी थिइन् । हामीले उनलाई धेरै सम्झाएका थियौं,’ टीकाले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘अरु कुराहरु पनि केहि छ कि भनेर सोध्दा मेरो व्यक्तिगत कुरा हो भन्थिन् ।’

    सञ्जुले नजिकका साथीभाइसँग आफूले आत्महत्या गर्ने पनि बताएको टीकाले पुष्टि गरिन् । ‘उसले भनेको त थियो तर मजाकमा होला भनेर खासै ध्यान दिएनौं । साँच्चिकै रहेछ भन्ने त्यतिबेला बुझ्न सकिएन । नत्र प्रशिक्षक र संघका सरहरुलाई पनि खवर गर्ने थियौं,’ टीकाले भनिन् ।

    नेपाल पुलिस क्लबकै सिनियर खेलाडी तारादेवी पुनले सञ्जुले ‘आत्महत्या’ गरेको विश्वास नै नलागेको बताइन् ।

    ‘म चुनावी जिम्मेवारीका कारण काभ्रेको तेमालमा छु । बिहानै यो समाचार सुन्नुपर्दा मेरो दिन नै खराव भएको छ,’ ताराले अनलाइनखबरसँग भनिन्, ‘मभन्दा धेरै जुनियर भएको हुनाले उनीसँग मेरो निकट कुराकानी त हुँदैनथ्यो । तर, मैले उनलाई जसरी चिनेको छु, उनी आत्महत्याको बाटो रोज्ने मान्छे नै होइनन् । उनी त बहादुर, आत्मविश्वासी र सकारात्मक सोच भएको मान्छे थिइन् । के कारणले यस्तो अवस्था आयो, राम्रो छानबिन हुनुपर्छ ।’

    पुलिसको जागीर छाडेपछि भारत्तोलनका प्रशिक्षक र डाइट न्युट्रिसियनसमेत रहेका सञ्जय महर्जनले सञ्जुलाई आश्रय दिएका थिए । एशियाली खेलकुदमा छनोट भएपछि ललितपुरको लुभुस्थित महर्जनको घरमा बसेर उनले तयारी गरिरहेकी थिइन् ।

    सातौं राष्ट्रिय खेलकुदमा खेलको नियम नबुझेर अयोग्य भए पनि महर्जनले नै उनको क्षमता पहिचान गरी प्रशिक्षणका लागि काठमाडौं ल्याएका थिए । आफूलाई च्याम्पियन बनाउन महर्जनको सबैभन्दा ठूलो सहयोग रहेको सञ्जुले अघिल्लो साता अनलाइनखबरसँगको कुराकानीमा प्रष्ट पारेकी थिइन् ।

    सोमबार साँझ महर्जनको घरमा भोज थियो । नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस) पनि पुगेका थिए । भोजमा सञ्जुले पनि सक्रियताका साथ खानेकुरा बाँडिरहेको र सबैसँग हासीखुसी व्यवहार गरिरहेको आफूले पाएको अध्यक्ष श्रेष्ठले अनलाइनखबरलाई बताए ।

    म राति नौ बजेमात्र त्यहाँबाट निस्किएको हुँ । त्यसबीचमा मैले सञ्जुको बोली, व्यवहार र अनुहारमा तनावको कुनै संकेत पाएको थिइनँ । एकैपल्ट बिहानै सञ्जय गुरुले फोन गरेर यस्तो खबर सुनाउनुभयो, श्रेष्ठले भने, ‘मैले कुनै त्यस्तो संकेत पाएको भए सञ्जुको यो अवस्था आउन दिँदैनथ्यौं ।’

    ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने लुभुुमा प्रशिक्षक महर्जनको घरको भुइँतल्लाको कोठामा सञ्जु झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । बिहान चाँडै उठेर प्रशिक्षणमा जाने सञ्जु अबेरसम्म नउठेपछि थोरै पर्दा खुलेको झ्यालबाट हेर्दा महर्जनले झुण्डिरहेको देखेका थिए । त्यसपछि उनले भारोत्तोलन संघका अध्यक्ष र प्रहरीलाई खबर गरेका हुन् ।

    आत्महत्याअघि फेसबुकमा किन शेयर गरिन् त्यो भिडियो ? सोमबार राति १० बजेर ३ मिनेटमा सञ्जुले आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरेर क्याप्सनमा लेखेकी छन्, ‘मिसिङ यू लभ’ त्यसमा लभ इमोजी पनि राखिएको छ ।

    यो भिडियो पाकिस्तानी वेव सिरिज ‘मेरे हमसफर’को हो । यहाँ सिरिजको दुई प्रमुख पात्रबीचको कुराकानीको क्रममा नायिकाले नायकसँग सोध्छिन्– ‘परिवारको दबावमा आएर तिमीले मलाई छोड्न त छोड्दैनौ नि ?’ त्यसपछि भिडियो निरन्तर भए पनि हिन्दी गीतको म्युजिक सुरु हुन्छ ।

    यो सिरिजमा नायिकालाई उनको परिवारले मानसिक र शारीरिक तनाव दिएको हुन्छ । उनलाई साथ दिने एकमात्र व्यक्ति उनका श्रीमान हुन्छन् । यसै कथाको वरिपरि त्यो सिरिजको कथा घुमेको छ । २२ वर्षीया सञ्जुले ‘मिसिङ यू लभ’ भनेर यो सिरिजको क्लिप फेसबुकमा शेयर गर्नुलाई प्रेम र पारिवारिक तनावका बीच सञ्जुले मृत्युको बाटो रोजेको हो कि भन्ने प्रहरीको आशंका छ ।

    मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.