काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनका लागि ६ जनाको नाम सार्वजनिक गरेको छ ।
रास्वपाले बुधबार साँझ ६ जनाको नाम सार्वजनिक गरेको हो । रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार १४ गतेसम्ममा रास्वपाले उम्मेदवार बन्न आकाङ्क्षीको नाम सार्वजनिक गर्न भनेको थियो ।
अब यी नामहरूमा पनि पार्टीमा प्राइमरी इलेक्सन हुने बताइएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले प्राइमरी इलेक्सनका लागि उम्मेदवारको सूची सार्वजनिक गरेको बताए ।
बरालका अनुसार गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे ,मिलन लिम्बु र शेष रमण न्यौपाने श्रेष्ठ रहेका छन् ।