काठमाडौं । प्रहरीले नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बमलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।
धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ । आपराधिक लाभ लिएको कसुरमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।