काठमाडौँ। दोलखा बिगु गाउँपालिकामा गए राति आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।
विगु गाउँपालिका–८ मा सल्केको आगोमा खोपाचाँगुका ८३ वर्षीय खड्गबहादुर श्रेष्ठको मृत्यु भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय सिंगटीका अनुसार जस्ताको टहरामा रहेको श्रेष्ठको पसलमा बिहानीपख आगलागी भएको हो । पसलमा एक्लै बस्दै आएका उनको जलेर निधन भएको छ ।
प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । आगलागीबाट पसल पूर्ण रूपमा जलेको छ ।
 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

