काठमाडौं। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी हराएकी छन् । मंगलबार चार बजे आफ्नो फेसबुक पेजबाट मेयर हमालले आफ्नी जेठी छोरी हराएको जानकारी गराएका छन् ।
उनले भारतको गोवामा ओशो ध्यान गर्न गएकी छोरी आरती हिजो सोमबारदेखि हराएको बताएका छन् । उनले गोवामा बस्ने शुभचिन्तकलाई आफ्नी छोरीको खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
 मेयर हमालको सामाजिक संजाल :
 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

