• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

नेपाली सेनाले ६ हजार थान अमेरिकी हतियार किन्दै


  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
  • काठमाडौँ: नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने निश्चित भएको छ ।

    Advertisement

    हतियार खरिदका लागि बजेट बिनियोजन भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले रातोपाटीलाई बताए । तर, सैनिक प्रवक्ता सिल्वालले किन्न लागेको हतियारबारे औपचारिक रुपमा खुलाउन चाहेनन् । ‘कहाँबाट कुन र कति हतियार ल्याउने भनेर सुरक्षाको कारण बताउन सक्ने अवस्था छैन’ सहायकरथी सिल्वालले भने, ‘हतियार खरिद प्रक्रियामा छ ।’

    पुराना हतियार प्रहरी र सशस्त्रलाई

    २०७८ चैत २४ मा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार चैत २७ मा सेनाले ५ सय इन्सास राइफल र ९० नाल लाइट सपोर्ट वेपन सशस्त्र प्रहरी बललाई दिएको छ । चैत २४ मा बसेको मन्त्रिपरिषद्ले सेनासँग रहेको ९ हजार इन्सास राइफल र १६ सय नाल लाईट सपोर्ट वेपन (एल.एस. डब्लु) हतियार सशस्त्रलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । बाँकी हतियार अर्को चरणमा हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले पुराना हतियार सशस्त्र र प्रहरीलाई दिएर आफूले नयाँ हतियार किन्ने रणनीति लिएको छ । २०७८ असार २१ मा तत्कालिन प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर १० हजार थान हतियार प्रहरीलाई दिने सहमति गरेका थिए । प्रहरीलाई इन्सास, एसएमजी र एलएमजी हस्तान्तरण गर्न दुई संगठनको बिचमा सहमति भएको छ ।

    प्रहरीका लागि कम घातक हतियार र भीड नियन्त्रण गर्ने उपकरण आवश्यक छ । तर, सेनाले अफ्नो लागि हतियार किन्नका प्रहरीलाई पुराना हतियार भिडाएको उच्च सुरक्षा अधिकृतहरूले टिप्पणी गरेका छन् । लडाइँमा प्रयोग हुने इन्सास अहिले प्रहरीका लागि आवश्यक नभएको जानकारहरु बताउँछन् ।

    सेनाले आफूसँग भएको इन्साससहित करिब २० हजार पुराना हतियार प्रहरी र सशस्त्रलाई हस्तान्तरण गरेर नयाँ किन्न लागेको छ । सैनिक नेतृत्वले मन्त्रिपरिषद्बाट पास गराएर पुराना हतियार लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई बाध्य पार्दै आएको छ ।

    २०२० मा थ्रिनटथ्री हतियार प्रहरीलाई दिएर सेनाले नयाँ हतियार किनेको थियो । २०२७ मा सेनाले एसएलआर किनेर थ्रिनटथ्री प्रहरीलाई हस्तान्तरण गरेको थियो ।
    पुराना हतियार अन्य सुरक्षा संगठनलाई दिँदा सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने उच्च सैनिक अधिकृतहरूले दाबी गर्ने गरेका छन् । चैत २७ मा सशस्त्रका तत्कालीन आईजीपी शैलेन्द्र खनाललाई हतियार हस्तान्तरण गर्दै उपरथी अशोकराज सिग्देल क्षेत्रीले टिप्पणी गरेका थिए, ‘यसबाट दुई निकायबीचको सम्बन्ध सुमधुर हुन्छ र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्छ ।’

    सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.