काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्भू महाचैत्यमा आयोजित पूर्णाहुति पूजामा सहभागी भएका छन् ।
महाचैत्यको मूल छत्र–गजुरको जीर्णोद्धारपछि धार्मिक परम्परागत विधिबमोजिम शुभसाइतमा आज पूर्णाहुति पूजा गरिएको बताइएको छ ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले उक्त पूजाको आयोजना गरिएको हो । जीर्णोद्धारमा सहयोग गरेका १० जनलाई राष्ट्रपति पौडेलले प्रशंसापत्र समेत प्रदान गर्नुभएको जनाइएको छ ।
उक्त गजुरमा गत वर्षको हावाहुरीले क्षति पुर्याएको थियो ।