• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

सिताके च्याउको कमाल: विदेशको सिप, स्वदेशमा मालामाल


  •   बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ: नेपाली भन्सामा च्याउको प्रयोग सामान्य बन्दै गएको छ। नेपालीहरू च्याउ खानमात्रै होइन च्याउको विषयमा पनि जान्न थालेका छन्। आज हामी दुई जना व्यवसायीले थालेको च्याउखेतीको बात गर्दैछौँ।

    Advertisement

    पाल्पाका राजु विष्टले तानसेन नगरपालिका–८, भालेबासमा च्याउखेती गरेको छ वर्ष भयो। उनी रातो च्याउ भनेर चिनिने ‘सिताके’ जातको च्याउको खेती गर्छन्। उनले २०७२ सालमा सिताके च्याउको व्यावसायिक उत्पादन सुरु गरेका हुन्। सिताके च्याउ कटुस, उत्तिस, बाँझ, लालिगुराँस र ओखरको काठमा उत्पादन गर्न सकिन्छ। कटुस र उत्तिस सबैभन्दा राम्रो मानिन्छ। राजुले हाल कटुस र उत्तिसका बाह्र सय वटा मुढामा च्याउ उत्पादन गर्दै आएका छन्।

    उनले यस वर्ष, २०७८ सालमा, करिब सात लाख रुपैयाँको च्याउ बेचे।

    invotech
    ‘मेरो आफ्नै फर्ममा यो वर्ष ११ सय किलो च्याउ उत्पादन भएको थियो,’ उनले भने, ‘च्याउको गुणस्तर अनुसार प्रतिकिलो छ सय, आठ सय र एक हजार रुपैयाँसम्ममा बिक्री गर्छु,’ यस वर्ष सात लाखजतिको बिक्री भयो।’

    राजुले च्याउ उत्पादनसँगै तीन वर्षअघि भालेबासमै ‘बनाना एन्ड मसरुम रेस्टुरेन्ट’ चलाएका छन्। राजुको रेस्टुरेन्टमा च्याउका, केराका र अन्य शाकाहारी परिकार पाइन्छ। च्याउको मम, सेकुवा, सुकुटी, अचार लगायतका परिकार उनको रेस्टुरेन्टमा पाइन्छन्।

    ‘हामीले च्याउलाई तरकारीमात्र सम्झिने गरेको छौँ तर च्याउबाट धेरै परिकार बनाउन सकिन्छ,’ राजु भन्छन्, ‘हामीले रेस्टुरेन्टमा सबै परिकार खुवाउने प्रयास गरेका छौँ।’

    राजुका अनुसार च्याउबाट घरेलु मदिरासमेत उत्पादन हुन थालेको छ तर उनले सुरु गरेका छैनन्। उनी रेस्टुरेन्टबाटै ताजा च्याउ बिक्री पनि गर्छन्। सिताके च्याउमा मानिसको स्वास्थ्यका लागि आवश्यक २५० भन्दा बढी प्राकृतिक पोषणयुक्त खाद्य तत्व हुने उनले बताए। उनले सुनाए- औषधीय गुण पनि हुन्छ। सिताके च्याउको सुकुटी प्रतिकिलो ४८ हजार रुपैयाँसम्म पर्छ। रातो च्याउबाट कफी, पाउडर र चक्की पनि बनाउन सकिन्छ।

    राजुको फर्मले कफी र पाउडर बनाउँछ। व्यावसायिक उत्पादन र बजारीकरणका लागि राजुले ‘पाल्पाली रमाइलो पार्क प्रालि’ अन्तर्गत ‘भैरव दर्शन च्याउ फर्म’ चलाएका छन्।

    राजु कसरी आए त सिताके जातको च्याउ खेतीमा?

    उनले केही वर्ष दुबईको आबुधाबीमा एउटा रेस्टुरेन्टमा काम गरेका थिए। त्यहाँ इटालियन, मेक्सिकन र स्पेनिस खानाका परिकार बन्थे। त्यो रेस्टुरेन्ट च्याउका परिकारका लागि प्रख्यात थियो।

    राजुले नेपालमा छँदा एक–दुई प्रकारका च्याउ देखेका थिए। अबुधाबीको रेस्टुरेन्टमा आठ–दस प्रकारका देखे। तिनका अनेक परिकार आफैँले बनाए।

    अंग्रेजी भाषामा ‘गानोडर्मा’ भनिने ‘सिताके’ उनले आबुधाबीमै देखे। झट्ट हेर्दा रातो र पाउरोटी जस्तो देखिने सिताके अरू जातका च्याउभन्दा धेरै स्वादिलो हुने भएकोले रेस्टुरेन्टमा आउने ग्राहकहरूको रोजाइमा पर्थ्यो।

    सिताके च्याउ सेवन क्यान्सर, पायल्स, दम, मधुमेह तथा कलेजो, मुटु, मिर्गौलाका रोगीका लागि फलदायी हुन्छ भन्ने पनि राजुले सुने।

    च्याउ र च्याउका अनेक परिकार चिनेजानेपछि राजुलाई आफ्नै देशमा सिताके च्याउको व्यावसायिक उत्पादन गर्ने सोच पलायो। पाल्पाको हावापानी सिताके च्याउ उत्पादनका लागि उपयुक्त थियो। राजुका एक जना आफन्त दाइ केशवबहादुर कार्की पाल्पामै च्याउ खेती गर्थे। दुबईमा सिताके च्याउको महत्व थाहा पाएका राजुले नेपालमा च्याउको बजार केशवबाटै बुझे।

    राजुले दुबई, कतार र म्यानमारका रेस्टुरेन्टहरूमा काम गरेर आठ वर्ष बिताएका थिए। दुबईमा मासिक साढे दुई लाख नेपाली रुपैयाँ तलब पाउथे। अन्य सुविधा पनि थियो। त्यो सबै छाडेर उनी २०७१ सालमा घर फर्के।

    ‘आफैँ सिताके च्याउ उत्पादन गर्ने र विदेशका रेस्टुरेन्टमा जानेको सिपले परिकार बनाएर खुवाउने विचारले स्वदेश फर्कें,’ राजु भन्छन्, ‘विदेशमा लामो समय पर्यटन क्षेत्रमा काम गरँे। त्यहाँको सिपले यहाँ रेस्टुरेन्ट खोलेँ। उपभोक्तालाई सिताके च्याउको महत्व बुझाउँदैछु।’

    पाल्पाको भालेबासमा राजुकै अगुवाइमा ३२ घरपरिवारले व्यावसायिक रूपमा सिताके च्याउको खेती गरेका छन्। ती सबैको उत्पादनको बजारीकरणको जिम्मा पनि राजुले लिएका छन्। भन्छन्, ‘सबै घरपरिवारबाट यस वर्ष पाँच हजार किलो च्याउ उत्पादन भएको थियो। अलि राम्रो मूल्य पाउनुभयो भने उहाँहरू आफैँ बेच्नुहुन्छ नत्र म सहयोग गर्छु।’ उनले भैरहवा, बुटवल, नारायणगढ, पोखरा लगायतका बजारमा प्रतिनिधि राखेका छन्।

    राजुका अनुसार सिताके च्याउ एउटै मुढामा तीन वर्ष उत्पादन लिन सकिन्छ। टनेल बनाउन र काठका मुढा खरिद गर्न एक पटक लगानी गरेपछि तीन वर्ष उत्पादन लिन सकिन्छ।

    ‘टनेल निर्माण र काठ खरिदमा पहिलो वर्ष साढे सात लाख रुपैयाँ लगानी गरे,’ उनले भने, ‘पहिलो वर्षको उत्पादनबाटै लगानी उठ्यो। दुई वर्षको बिक्रीबाट बचत भयो।’ काठका मुढा खोपेर सिताके च्याउनको बिउ रोपेपछि चिस्यानमा राखेको केही महिनामा उत्पादन सुरु हुन्छ। एक सिजनमा असोजको दोस्रो सातादेखि चैत दोस्रो सातासम्म उत्पादन लिन सकिन्छ।

    राजुका अनुसार झोलको रूपमा पाइने बिउ काठको मुढा खोपेर राखिदिएपछि तीन वर्षसम्म नयाँ बिउ चाहिँदैन। असोजदेखि चैतसम्म तीन पटक च्याउ टिप्न सकिन्छ। तीन वर्षसम्म बिउ उम्रिन्छ।

    गर्मी हुने छ महिना उत्पादन हुँदैन। चिसो मौसम सुरु भएपछि च्याउ पलाउन सुरु गर्छ। यस्तो गुणका कारण गाउँतिर सिताके च्याउलाई ‘कुम्भकर्ण’ पनि भन्ने चलन छ। उत्पादन नहुने छ महिना काठको मुढा बेलाबेला पानीले भिजाउनुपर्छ। चिसो मौसम सुरु भएपछि च्याउ टुसाउन थाल्छ।

    राजुका अनुसार चिस्यान केन्द्रसहितको टनेल बनाउन सके काठको धुलोमा बाह्रै महिना उत्पादन लिन सकिन्छ। उनी भन्छन्, ‘टनेल नै चिसो बनाएर उत्पादन सुरु गर्ने तयारी गर्दै छौँ, असारमा थाल्छौँ होला।’

    राजुका अनुसार सिताके च्याउको माग धरै रहेकाले समूहमार्फत बाह्रै महिना च्याउ उत्पादन उनको योजना छ। ‘कृषिका विभिन्न पेशामा लागेका साथीहरू मिलेर एग्रो फर्म खोल्ने तयारी गरेका छौँ,’ उनले भने, ‘२५ रोपनी जग्गामा आठ वटा टनेल बनाएर सिताके र कन्ने च्याउ उत्पादन गर्ने तयारीमा छौँ।’

    उता केशवले च्याउ उत्पादन सुरु गरेको १२ वर्ष भयो। पाल्पामा कन्ने च्याउ उत्पादन गर्थे। सिताके च्याउबारे उनले आठ वर्षअघि थाहा पाए। लगत्तै उनले सिताके पनि उत्पादन सुरु गरे। गाडीमा ‘च्याउ खाऔँ, मुटु रोग र क्यान्सर भगाऔँ’ भन्ने नारा घन्काउँदै पाल्पाबाट बुटबल र स्याङ्जा पुग्थे।

    ‘सुरुमा च्याउ बिक्री गर्न धेरै समस्या थियो, पाल्पामा जंगली च्याउ खाएर हरेक वर्ष मानिसहरूको मृत्यु हुन्थ्यो,’ केशव भन्छन्, ‘च्याउ खाँदा मान्छे मर्छ भन्ने धारणा थियो। धेरै मिहिनेतले च्याउको महत्व बुझाउन सकिएको छ।’

    जिल्ला कृषि कार्यालय पाल्पाले भालेबासलाई ‘च्याउ गाउँ’ नाम दिएपछि राजु र केशव दुवै खुसी छन्।

    केशवका अनुसार अहिले पाल्पामा मात्रै पाँच सय युवाहरू च्याउ खेतीमा संलग्न छन्। भालेबासमा मात्रै करिब ३० हजार र पाल्पा जिल्लाभरि ५० हजार मुढामा सिताके च्याउ खेती गरिएको छ।

    च्याउ र पर्यापर्यटन प्रवद्र्धन गरेर युवाहरूलाई विदेश जान रोक्ने अभियानमा आफू रहेको केशवको भनाइ छ। ‘हाम्रो उद्देश्य पाल्पा जिल्लालाई च्याउ उत्पादनमा नमुना बनाउने हो,’ उनी भन्छन्, ‘आफ्नो खेतबारी बाँझो छोडेर विदेश जानुभन्दा घरमै बसेर कृषिकर्मबाट पैसा कमाउन सकिन्छ।’

    केशव च्याउ खेतीको तालिम दिन विभिन्न जिल्लामा पुग्छन्। उनले च्याउ खेतीबारे ‘अलग्गै बाटो’ नामको पुस्तक पनि लेखेका छन्।
    च्याउ खेतीबाट थोरै लगानीमा छोटो समयमै राम्रो प्रतिफल लिन सकिने उनको भनाइ छ। मदनपोखरामा पनि ६० भन्दाबढी परिवार च्याउखेतीमा लागेका छन्। सामूहिक रूपमा च्याउ खेती गर्न थालेपछि उनीहरूको आर्थिक अवस्था सुधार भएको केशवले बताए। तानसेनका अनिल घिमिरेले पाँच हजार मुढामा सिताके च्याउको खेती गरेका छन्। उनले साढे दुई लाख रुपैयाँ लगानी गरेर काम सुरु गरेका थिए। च्याउ बेचेर वार्षिक कम्तीमा १५ लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए।

    अधिकांश भूभाग चिस्यानयुक्त भएकोले पाल्पा च्याउ उत्पादनका लागि उपयुक्त मानिएको छ। यहाँका किसानहरूले सिताके, कन्ने, गोब्रे, पराले र डल्ले च्याउको व्यावसायिक उत्पादन गर्ने गरेका छन्। पाल्पाको मदनपोखरा, डुम्रे, तेल्घा, रामपुर, नायर, सोमादी, बराङ्दी, ताहुँ, कसेनी, रुप्से र झुम्साका किसानहरू च्याउ खेतीमा लागेका छन्।

    • सिताके च्याउ
    बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.