×
आइतबार, बैशाख २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ

‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

मोदीले ८,००० भन्दा बढी एक्स अकाउन्ट ब्लक गराएपछि कम्पनी मोदीप्रति असन्तुष्ट

रास्वपाद्वारा पहलगाम आतंकवादी हमलाको निन्दा,सरकारलाई तयार बस्न आग्रह

लोकप्रिय समाचार

  • १. ‘गुलाबको डाँठ’

  • २. ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

  • ३. रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

  • ४. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • ५. रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

  • ६. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

  • ७. ओलीलाई गाली गर्नेको भविष्य अन्धकार हुन्छ,भन्दै राधिका शाक्यले दिईन चेतावनी

  • ८. नोरा फतेहीसँग एउटै स्टेजमा दुर्गेश

  • ९. सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

  • १०. पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

बलात्कार मुद्दा लागेका पलको पक्षमा १२ वकिलले बहस गर्ने, आजै थुनछेक आदेश आउन सक्ने


  •   बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ: जिल्ला अदालत तनहुँमा पल शाहविरूद्धको बलात्कार मुद्धामा बिहीबार पनि बहस जारी छ।

    Advertisement

    पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए। पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन।

    जिल्ला अदालतका स्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार आज बिहान ११ बजेदेखि वाग्लेको बहस फेरि सुरू हुनेछ।

    पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।

    पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन्। त्यसपछि बरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता काफ्लेले जानकारी दिए।

    थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्। पीडितका पक्षबाट सुरूवाती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने १७ वटा कारण पेश गरेकी थिइन्।

    प्रतिवादी पलले कसुर गरेको अवस्था देखिए जिकिर गर्दै उनले नाबालिग बलात्कारका अभियुक्तलाई बाहिर ल्याउँदा समाजमा आतङ्कित हुने, स्वतन्त्र न्यायको सिद्धान्त विरूद्ध हुने, पीडितलाई होस्टाइलको प्रयास हुने, अपराधमा संलग्न अरोप लागेका व्यक्तिलाई समाजबाट बाहिर राख्नुपर्ने मान्यता रहेको, जघन्य फौजदारी मुद्दाका अभियुक्त रहेको र विगतमा बलात्कारसम्बन्धी मुद्दामा अदालतबाट आएका फैसलाका नजिरका आधारमा पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उनको जिकिर छ।

    बहसका क्रममा खतिवडाले बलात्कार मुद्दाका अभियुक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण नष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेश गरेकी थिइन्। बलात्कार घटना लुकिछिपी हुने भन्दै उनले प्रत्यक्षदर्शी आवश्यक नपर्ने समेत जिकिर गरेकी छिन्। पीडितको भनाइ नै सबैभन्दा ठूलो प्रमाण भएको भन्दै उनले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताइन्।

    नाबालिग पीडितलाई आफन्तको घरमा लैजाने, मादक पदार्थ सेवन गराउने लगायतका कार्य अभियुक्तले स्वीकार गरिसकेकाले अपराध गर्न तयार भएको र घटना विवरण हेर्दा अपराध भएको तर्क उनले दिएकी थिइन्। खतिवडाले पेश गरेको १७ वटा कारण त्यसपछि पीडितका पक्षमा बहस गरेका अन्य कानुन व्यवसायीले पनि समर्थन जनाएका थिए।

    यता, पलका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने पललाई धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन्। हिरासत बाहिर बसेर नै पलले मुद्दा लड्न पाउनुपर्ने उनीहरूको जिकिर रहेको प्रतिवादीका कानुन व्यवसायीले बताएका छन्।

    बहस सकिए बिहीबार नै थुनछेक आदेश जारी हुन सक्ने जिल्ला अदालत तनहुँले जनाएको छ।

    झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरी अनुसन्धान गरेको थियो।

    जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।

    थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय आउनेछ।

    बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र
    मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज
    राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली
    प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ
    ‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा
    राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

    Facebook Page

    लोकप्रिय

    • १.
      ‘गुलाबको डाँठ’

    • २.
      ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

    • ३.
      रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

    • ४.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • ५.
      रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

    • ६.
      प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    भर्खरै

    • १.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • २.
      पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

    • ३.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    • ४.
      राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

    • ५.
      प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ

    • ६.
      ‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

    • ७.
      राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

    • ८.
      मोदीले ८,००० भन्दा बढी एक्स अकाउन्ट ब्लक गराएपछि कम्पनी मोदीप्रति असन्तुष्ट

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.