काठमाडौँ – दाङमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ निवासी २१ वर्षका विवेक पुन र सोही ठाउँ निवासी मोटरसाइकलको पछाडि सवार २४ वर्षका नेत्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी दाङले जानकारी दिएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २१ वर्षीय विवेक पुन र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारी रहेका छन्
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।