काठमाडौँ – सीतापाइलामा एक जना मृत फेला परेका छन् । स्वयम्भूको जंगलमा एक पुरुष सालको रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यसअघि एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका थिए । प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार उनीहरू कोठाभित्रै मृत भेटिएका हुन् ।
मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।