• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ४. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ५. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ६. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ९. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • १०. २ सय २५ केजी गाँजासहित २ जना पक्राउ

सहकारीको अरबौ रकम हिनामना गरेर फरार भएका जीबी राई अपार्टमेन्ट किनेर बसेको खुलासा, प्रहरीले पक्राउ गरेर नेपाल ल्याउने तयारीमा


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ – ईन्टरपोल’बाट डिफ्युजन जारी भएको नोटिशमा गितेन्द्रबाबु (जीबी) राइ मलेसियामा रहेको खुलेको छ । सहकारी को रकम हिनामिना प्रकरण पछि फरार रहेका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई भागेर मलेसिया पुगेको प्रहरीको निष्कर्षमा छ ।

    Advertisement

    राइले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । राईले हिनामिना गरिएको रकम नेटवर्किङ व्यवसायमा दुरुपयोग गरेको बाताइयेको छ। राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए ।

    उक्त कम्पनीमा रहँदै उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेका थिए । सरकारले नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाए पछी हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याएको बताइएको छ । तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसायमा संग्लग्न राई मलेसियामै रहेको सूचना इन्टरपोल मलेसियाले एनसीबी काठमाडौंलाई दिएको हो ।

    जारी गरिएको डिफ्र्युजन नोटिसले राईलाई पक्राउ गरेर नेपाल ल्याउन नसकिने भएपछी डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्ने तयारी गरेको प्रहरीले बताएका छन् । मलेसियामा अपार्टमेन्ट खरिद गरेर बसेको सूचना प्राप्त भए संगै जीबीको लोकेशन लोकेट भएको हो । मलेसियामा रहेका नेपालीसहित त्यहाँका प्रहरीसँगसमेत समन्वयगर्दा अपार्टमेन्ट नै किनेर बसेको खुलेको छ । डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट भएसी पक्राउ गरेर नेपाल ल्याउँने उच्च प्रहरी स्रोतले बताएको छ ।

    इन्टरपोलले जीबी राईसहित सहकारी संचालक समितिका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध पनि डिफ्युजन नोटिस जारी गरेको थियो ।

    सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका १२ जना सहित अध्यक्ष र पूर्वअध्यक्ष दुवै फरार रहेका छन् । पोखरा प्रहरीले सहकारी ठगी प्रकरणबारे गरेको अनुसन्धानका आधारमा जिल्ला अदालत कास्कीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    सहकारी ठगी प्रकरणमा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि समेत पुरक जाहेरी परेको छ । प्रहरीले अनुसन्धान थालेको संगै माघ २४ मा जीबी राईका अर्का साझेदार पूर्वडीआईजी छविलाल जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियोे ।
    छापामा सर्भरमा जिबी राईले सञ्चालन गरेका विभिन्न सहकारीको डाटा संकलन सर्भरको रेकर्ड भेटिएको प्रहरीको भनाइ छ ।

    सहकारीको रकमले जीबी राईसहित केही सञ्चालक समितिका सदस्यहरूले आफ्नो नाममा जग्गा जमिन खरिद गर्नेदेखि अन्य व्यवसायमा समेत लगानी गरेको खुलेको छ । आरोपीहरुको सम्पत्ति हाल रोक्का गरिएको छ ।

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने
    डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य
    इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
    रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
    दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित
    भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ४.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    • ५.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ६.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

    • २.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ३.
      इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

    • ४.
      रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    • ५.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ६.
      भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    • ७.
      बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.