• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी !


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो ।यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो ।

    Advertisement

    हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन ।जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकाी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् ।लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको चुनावमा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भए । मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भए ।

    बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भए ।लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भए ।कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भए । नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए ।सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए ।

    अध्यक्षमा कांग्रेसको दाबी

    बिहीबारको चुनावी परिणामसँगै राष्ट्रिय सभाको अध्यक्षको विषयमा समेत नेताहरुबीच छलफल सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल पनि फागुन २० गते सकिँदैछ । त्यस लगत्तै रिक्त पदका लागि निर्वाचन हुनेछ ।
    हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल अध्यक्षको आकांक्षी छन् । ‘माओवादीले नेतृत्व गर्दा उपाध्यक्षबाट राजीनामा गरेर अध्यक्ष हुने कि भन्ने विकल्प छ । तर, निश्चित पात्रलाई हेरेर नेतृत्व गठबन्धनकै अर्को पार्टीले गर्ने भन्ने पनि छ’ उपाध्यक्ष अर्याल भन्छिन्, ‘दुवै विकल्पमाथि छलफल चलिरहेकै छ ।’माओवादीका नेताहरुका अनुसार कांग्रेसबाट निर्वाचित कृष्ण सिटौला सरकारमा जान सक्छन् । यो अवस्थामा नहुँदा माओवादी अध्यक्ष नलिन लचक हुनेबारे शीर्ष तहमा छलफल चलेको आफूले सुनेको बताउँछन् राष्ट्रिय सभामा माओवादीका सचेतक गोपी अछामी ।

    ‘माओवादी संवैधानिक परिषदमा शून्य हुने अवस्था आउन सक्ने अवस्था बन्न सक्छ । त्यसका लागि तयार हुनुपर्ने पक्ष एउटा छ । तथापि, सिटौलाको हकमा लचक हुने भन्ने भएको सुनिएको छ’, सचेतक अछामीले अनलाइनखबरसँग भने ।सत्ता गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको नेताहरु बताउँछन् । त्यस अनुसार प्रचण्डले प्रधानमन्त्री छाड्दा संवैधानिक परिषदमा आफ्नो दलको उपस्थिति नरहने चिन्ता माओवादी नेताहरुमा छ ।संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय परिषदमा राजनीतिक पृष्ठभूमिका सदस्यहरूमा प्रमुख विपक्षी दलको नेता, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुख रहने संवैधानिक व्यवस्था छ ।हाल कांग्रेसको परिषदमा नरहेको र भविष्यमा माओवादीको नरहन सक्ने अवस्था समान भएको तर्क कांग्रेस नेताहरुको छ । उनीहरु कृष्ण सिटौला अध्यक्ष हुने गरी नै राष्ट्रिय सभामा आएको बताउँछन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सिटौलाको पक्षमा सकारात्मक भएकाले थप समस्या नहुने राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलकी सचेतक अनिता देवकोटाको बुझाइ छ । उनी भन्छिन्, ‘राष्ट्रिय सभाको अध्यक्षमा सिटौला दाइको नाम गठबन्धनभित्र टुंगो लागेको भन्ने मेरो बुझाइ छ ।onlinekhabar बाट

    • नेकपा माओवादी केन्द्र
    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.