• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

महाधिवेशनको मञ्चमै पल्टियो निर्णय, एमालेमा पदाधिकारी १९, स्थायी कमिटी पुरानै

चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

झुक्याएर कम्पनी रजिष्ट्रार कार्यालयलाई रविको सेयर जिबीको नाममा हस्तान्तरण !


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट ग्यालेक्सी टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको पाइएको छ।लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर लिँदा अध्यक्ष राईले उनको खातामा एक करोड ८० लाख रूपैयाँ जम्मा गरिदिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो।ग्यालेक्सी छोड्दा १ करोड ८० लाख रूपैयाँ राईबाट लिएको चेक स्लिप सार्वजनिक भएपछि रवि लामिछानेले उक्त रकम आफ्नो खातामा जम्मा नभएको भन्दै पत्रकार सम्मेलन गरेका छन्। उनले आफ्नो खातामा पैसा जम्मा नभएको भन्ने ग्लोबल आइएमई बैंकको पत्र पनि देखाएका छन्। उक्त पत्रले नै ग्यालेक्सी टिभीको सेयर बेच्दा कम्पनी रजिष्ट्रारलाई झुक्याएको पुष्टि हुन्छ।

    Advertisement

    सबभन्दा पहिले कम्पनी किनबेच गर्नका लागि केके प्रक्रिया पुर्‍याउनुपर्छ बुझौं।कम्पनी रजिष्ट्रार कार्यालयका एक अधिकारीका अनुसार कुनै पनि कम्पनीको हस्तान्तरण गर्दा किनबेच गर्ने व्यक्तिहरूको मञ्जुरीनामा चाहिन्छ। १० लाखभन्दा बढीको सेयर किनबेच गर्दा बैंक भौचर बुझाउनुपर्छ।किन्ने मान्छेले बेच्ने मान्छेको खातामा पैसा जम्मा गरिदिएको भौचर बुझाएपछि मात्र सेयर हस्तान्तरण हुने ती अधिकारीले बताए।यही प्रक्रिया पुर्‍याउनका लागि ग्यालेक्सी टिभीका अध्यक्ष राईले लामिछानेको ग्लोबल आइएमई बैंकको खातामा जम्मा गर्न भन्दै २०७९ असार २ गते एक करोड ८० लाखको चेक बुझाए।तर उनले पैसा नभएको खाताको चेक बुझाएको रविले सोमबार पत्रकार सम्मेलनमा देखाएको ग्लोबल आइएमई बैंकको पत्रबाट देखिन्छ।उक्त पत्र रविलाई बैंकले आजै दिएको देखिन्छ।

    ‘उक्त पत्रमा उल्लेखित मिति १७/०६/२०२२ (विक्रम संवत २०७९ असार २) मा तंहाको यस बैंकमा संचालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा रु.१,८०,००,०००/- को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ECC मार्फत चेक Clearing मा पठाउँदा ‘Insufficient Balance’ को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ,’ उक्त पत्रमा लेखिएको छ।राईले आफ्नो खातामा जम्मा गर्न पैसा नै नभएको चेक बुझाएको विषयमा भने रविको सहमति भएको देखिन्छ।

    उनीहरूबीच सेयर कारोबारका लागि त्यसरी नै बैंक भौचर प्राप्त गर्ने सहमति नभएको भए राईविरूद्ध रविले बैंकिङ कसुर, चेक बाउन्स (चेक अनादार) मुद्दा हाल्न सक्ने थिए। पैसा नभएको बैंक खाताको चेक कारोबार गर्दा बैंकिङ कसुर र चेक अनादारको मुद्दा लाग्छ।पत्रकार सम्मेलनमा उनले बैंकर अनिलकेशरी शाह र बरिष्ठ अधिवक्ता सुशील पन्तलाई समेत राखेका थिए।बरिष्ठ अधिवक्ता पन्तले ‘स्वेट सेयर’ कारोबार गर्ने कानुनी संरचना नभएको र यस्ता सेयर कारोबारमा डिपोजिट देखाउनका लागि कागजात बनाएको हुन सक्ने बताएका थिए।‘कम्पनीको सेयर किनबेच भएको देखाउनका लागि कागज बनाएको हुन सक्छ। त्यो उसले के गर्यो भन्ने हो। त्यसो भन्दैमा उहाँको खातामा पैसा आएको भन्ने हुन्न,’ उनले भने।शाहले कसैले कसैको खातमा जम्मा गर्न चेक भौचर डिपोजिट गर्दा बित्तिकै त्यो मान्छेको बैंक खातामा पैसा जम्मा नहुने बताएका थिए। पैसा जम्मा गरिएको चेकमा पर्याप्त पैसा भएन भने त्यो चेक फिर्ता हुने उनको भनाइ थियो।

    तर यो विषयमा आफू पहिला नै जानकार रहेको वा नरहेकोबारे लामिछानेले केही बताएनन्। उनको सम्पूर्ण प्रयत्न आफ्नो खातामा पैसा जम्मा नभएको भन्ने पुष्टि गर्नमा थियो।आफ्नो खातामा पैसा नभएको चेकबाट १ करोड ८० लाख पठाउन खोजिएको विषयमा मुद्दा मामिला गर्न सक्ने भए पनि जनताको आवाज बन्नुपर्ने मान्छे कति मुद्दा मामिला गर्नु भनेर नगरेको समेत लामिछानेले बताएका छन्।

    • रबि लामिछाने
    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन
    बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र
    एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने
    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो
    चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • २.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ३.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    • ४.
      एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

    • ५.
      एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

    • ६.
      चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

    • ७.
      महाधिवेशनको मञ्चमै पल्टियो निर्णय, एमालेमा पदाधिकारी १९, स्थायी कमिटी पुरानै

    • ८.
      चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.