प्रसिद्ध अभिनेता तथा मार्सलआर्टिस्ट ज्याकी च्यान सन् २००५ को ब्लकबस्टर फिल्म‘अ लिजेन्ड’को दोस्रो श्रृंखलामा देखिने भएका छन् उनले यो श्रृंखलामा पुरातत्व विज्ञ प्राध्यापक चेनको भूमिकामा अभिनय गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ ।
स्टेनली टोङ निर्देशित यो फिल्मले प्रशस्त एक्सन, रहस्य र फेन्टासीका दृश्यले दर्शकको मन जितेको छ । अभिनेता च्यान र निर्देशक टोङले यसअघि सफल फिल्महरु ‘पुलिस स्टोरी ३ : सुपर कप’ र ‘रम्बल इन द ब्रोन्क्स’ जस्ता फिल्ममा सहकार्य गरेका छन् ।
अभिनेता च्यानले फिल्ममा आफ्नो चरित्र चेनमार्फत हालै पत्ता लगाइएका कलाकृति र उनको सपनालाई सताउने रहस्य जेड पेन्डेन्टबीचको सम्बन्धलाई पत्ता लगाएर एउटा उल्लेखनीय यात्रामा निस्कन्छन् । यो यात्रामा उनले ग्लेसियर टेम्पलमा कलाकृति लुकाउने साहसिक कार्य सुरु गर्न अनुसन्धानकर्ताको समूहलाई भेला गर्छन् ।
ज्याकी च्यानसँग यो सिक्वेलमा कुङ फु योगामा आफ्नो भूमिकाका लागि परिचित प्रतिभाशाली कलाकार यिक्सिङ झाङ र ‘पुलिस स्टोरी’ २०१३ मा अभिनयले दर्शकलाई प्रभावित पार्ने कौली नाझा छन् । ४५० मिलियन डलरको बजेटमा निर्माण हुने यो फिल्ममा आकर्षक भिजुअल र मुटु धड्काउने एक्सन दृश्य समावेश गर्ने अपेक्षा फ्यानले राखेका छन् ।
फिल्मको अघिल्लो भागले विश्वव्यापी बक्स अफिस सफलता प्राप्त गरेको थियो । यसले विश्वभर १२० मिलियन डलर कमाउँदै हङकङमा समेत उत्कृष्ट कमाइ गरेको थियो ।