सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन्।
महिनावारी अवस्थामा गोठमा सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको हो। सर्पले डसेको राति नै थाहा पाएपनि झारफुकका लागि वैद्य बोलाउने क्रममा बुधबार बिहान मृत्यु भएको हो। मृतक अनिता जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन्।
यो पनि हेर्नुहोस :सिरहा :मिर्चैयाको शम्भु होटेलमा एक जनाको शव फेला परेको छ। शव मिर्चैया नगरपालिका–५ कटारी चोक अवस्थित शम्भु होटेलमा फेला परेको हो।
मृतक पाथीभरा कापी उद्योग सञ्चालक विराटनगर–१० बस्ने २५ वर्षीय सिद्धान्त भट्टराई भएको इलाका प्रहरी कार्यालय मिर्चैया प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिए।
https://youtu.be/8ZWKEhQ7_Sw
उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि सिरहा जाने क्रममा मिर्चैयास्थित सहदेव होटेलमा बास बसेका थिए। भट्टराईको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

