• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

स्याङ्जाका सबै पालिकाका खानेपानीमा भेटियाे दिसामा पाइने ‘कोलीफर्म’


  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । स्याङ्जाका सबै पालिकाका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।

    Advertisement

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार जिल्लाका ११ पालिकाबाट खानेपानीका ९४ नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आँधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमुना सङ्कलन गरी परीक्षण गरेको थियो ।

    ‘मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको किटाणु अत्यधिक मात्रा पाइएको छ’, प्रमुख शर्माले भन्नुभयो, ‘सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमुना परीक्षण गरिएका थिए ।’

    सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ । चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलव ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताउनुभयो । यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका किटाणु भेटिएका थिए ।

    प्रमुख शर्माले गएको वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताउनुभयो । उहाँले पानीको शुद्धता बढे पनि अत्यधिक कोलीर्फम भेटिनु सुखद नतिजा नभएको उल्लेख गर्नुभयो । गएको आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमुना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ ।

    शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश
    निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली
    एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो
    एमाले अध्यक्षमा ओलीको ह्याट्रिक
    ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)
    कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

    • २.
      निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    • ३.
      एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

    • ४.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • ५.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ६.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ७.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    • ८.
      एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.