काठमाडौं । नेपाल एयरलाइन्सका दुई पाइटल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको हो । काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनु भयो ।
उहाँका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्म उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलटको नाम भने खुलाएको छैन ।