काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ । मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ । पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ । पेसमेकर राखेपछि सामान्यतया १० वर्ष चल्छ । त्यसपछि यसको ब्याट्री फेर्नुपर्ने हुन्छ ।
पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो । यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ ।उदाहरणका लागि पेसमेटर प्रति मिनेट ७० मा राखिएको छ भने त्यसले मुटुलाई मिनेटमा ७० पटक धडकिन सहयोग गर्छ ।