काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ३८ जनाको नमुना परिक्षण गर्दा कसैमा पनि संक्रमण फेला नपरेको हो ।
यसबीचमा तीन जना संक्रमुक्त भएका छन् भने छ हजार ४६४ जनाले कोरोना खोप लगाएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर जम्मा ११ जना कोरोना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

