काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । केहीदिन अघि सुनले आफ्ने रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गराएको थियो ।
आज छापावाल सुन तोलाको १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन तोलाको १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।