काठमाडौँ । युक्रेनले डोनेट्स्क क्षेत्रमा थालेको जवाफी कारबाहीहरू असफल बनिरहेको रुसले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार पछिल्लोपटक जब युक्रेनी सेनाहरू रुसविरुद्ध आक्रमण गर्न डोनेट्स्क क्षेत्रमा आए तब रुसी सेनाको गोलाबारीमा २५० जना युक्रेनी सेनाको मृत्यु समेत भएको छ ।
आफ्नो कारबाहीमा युक्रेनका १६ वटा ट्यांक पनि ध्वस्त बनेको रुसी दाबी छ । युक्रेनले रुसी दाबीको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनले रुसी सेनालाई आफ्नो भूमिबाट लखेट्न निर्णायक जवाफी कारबाही थाल्ने केही समय अगाडि बताएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की हतियार सहयोग माग्न विभिन्न देशहरू भ्रमणका लागि पनि गएका थिए । उनलाई अमेरिका, जर्मनी, फ्रान्स र बेलायत जस्ता राष्ट्रले शक्तिशाली हतियारहरू दिने वाचा पनि गरेका थिए ।
युक्रेनले जवाफी कारबाहीबारे कुनै विषय खुलाएको छैन । तर, रुसले भने युक्रेनी जवाफी कारबाही उनीहरूलाई नै भारी परेको बताइरहेको छ ।