काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताउनु भएको छ । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गर्नु भयो ।
‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उहाँले भन्नु भयो, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’
प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताउनु भयो । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताउनु भयो ।प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको पनि ओलीको भनाई छ । साथै उहाले भ्रमणमा प्रधानमन्त्रिले नेपालको शिर ठडिने गरी प्रस्तुत हुन नसकेको र प्रोटोकल भद्रगोल बनाएर छोरिलाई अस्वभाविक अघि सारेको पनि आरोप लगाउनु भएको छ ।