काठमाडाैं । प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको औरही गाउँपालिका १ गंगान पुलबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुखिपुर नगरपालिका ६ रंगीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटिएको प्रहरीले बीआर ३२ एसी १४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा हातहतियार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।