काठमाडौं । स्थानीय विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका शोभाकान्त पौडेलले आजदेखि भन्सार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ । बुधबारबाट भन्सार विभागको प्रमुखको रूपमा शोभाकान्त पौडेलले जिम्मेवारी सम्हाल्नु भएको हो । पौडेलले भन्सार विभागको उप–महानिर्देशकको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ ।
उहाँले यसअघि ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभागको महानिर्देशकसमेत भएर काम गर्नु भएको छ ।