• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, फागुन १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
  • काठमाण्डाै । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । संवैधानिक परिषदबाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । बैठकमा कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरुलाई प्रदान गरिएकाे छ ।

    Advertisement

    सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत् वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत् उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने नाम विना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।

    समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले सचिवालयबाट प्रस्ताव गरिएको संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ । जबराले नेपालको प्रधानन्यायाधीश पदको लागि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रस्ताव गरी संसदीय सुनुवाइको लागि न्याय परिषदबाट समिति समक्ष वैशाख २७ गते पत्र प्राप्त भएको र त्याे पत्र कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।

    उहाँले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिको बारेमा नागरिकलाई जानकारी दिने र प्रस्तावित व्यक्तिको सम्बन्धमा कुनै सूचना भए सूचना उजुरी दिने प्रयोजनका लागि त्यस सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने विषयलाई अनुमोदन गरेको घोषणा गर्नुभयो ।

    जबराले सुनुवाइको लागि समितिमा प्राप्त नाम नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना तथा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय माध्यममार्फत् संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो ।

    गएकाे वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते त्यसको जानकारी संसद् सचिवालयलाई गराइएको थियो । कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा का.मु.प्रधान न्यायाधीशको रूपमा कार्यरत हुनुहुन्छ ।

    मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.