काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि २.१६ प्रतिशत हुने प्रक्षेपण सरकारले गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा आज चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गर्नु भएको हो ।
केही समयअघि केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले दोस्रो त्रैमासमा आर्थिक वृद्धि १.१ प्रतिशतले ऋणात्मक भएको देखाएको थियो । विभागले यो आर्थिक वर्ष २.१६ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो । सरकारले यही प्रक्षेपणलाई आधार लिएको हो । विश्व बैंकले नेपालको यो वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.४ प्रतिशतको वृद्धि हासिल हुने बताएको छ ।