काठमाडौँ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा शव भेटिएको थियो । प्रहरीका अनुसार मृतक राईको जिउभरी चोट रहेको छ । राइका श्रीमान् यस अघि नै बितिसकेका र छोराछोरी अध्ययनका लागि काठमाण्डौमा रहेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

