काठमाडौँ । पौडी खेल्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको छ ।
राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो । डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाटमा वनभोज खान गएका उनीहरूको मंगलबार साँझ डुबेर मृत्यु भएको हो । उनीहरू ६ जनाको समूहमा वनभोज गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।