काठमाडौं । गण्डकी प्रदेश मुकाम पोखरामा १० जेठमा आयोजना गरिने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीको भेला स्थगित भएको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सचिवालयले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीको भेला स्थगित भएको जानकारी दिएको हो ।
यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले संघीयताको अनुभव आदान–प्रदान मूल उद्देश्य राखेर १० जेठमा मुख्यमन्त्रीको बैठक बोलाइएको बताउनु भयो । बैठक स्थगित गर्नुको कारण नखुले पनि मधेस प्रदेशमा सरकार विस्तारको झमेलालाई लिइएको छ ।