काठमाडौं । संघीय संसद् सचिवालयले आजदेखि सांसदहरूका लागि विद्युतीय हाजिरी लागू गरेको छ । बैठकमा सांसदहरुको उपस्थिति दयनीय भएपछि ई-हाजिरी सुरु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहलगायतले सदनमा उक्त व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।