काठमाण्डाै । सुनको भाउ आज साेमवार घटबढ भएकाे छैन । सुन आज हिजो आइतवार जस्तै तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको भाउ भने घटेकाे छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।