काठमाडौँ । शुक्रबार आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार दुई रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बिहीबार पनि स्थिर रहेको थियो । बिहीबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।