काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ पर्नु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेका बेला उहाँलाई काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको हो । नक्कली शरणार्थी अमेरिका पठाउने काममा संलग्नता देखिएपछि उहाँलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले हालैमात्र यो प्रकरणमा रिजालको संलग्नता रहेको बताउनु भएको थियो । ३१ वैशाखमा नयाँ पत्रिकाले लेखेको छ- शरणार्थी नेता पौडेल नक्कली शरणार्थी पठाउने विषयमा भुटानी शरणार्थी नेताकै संलग्नता रहेको सार्वजनिक भएकोमा अझ दुःखी छन् । शरणार्थी नेता टेकनाथ रिजाल पनि यो प्रकरणमा संलग्न भएको सार्वजनिक भएपछि शरणार्थीका नेताहरूमाथि पनि चौतर्फी दबाब परेको छ ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । हिजो मात्रै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ पर्नु भएको थियो ।