काठमाडौँ । अब ट्विटरमा २ घण्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ । सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन् । उनले बेला बेलामा ट्विटरमा विभिन्न कुराहरु परिवर्तन गर्दै आएका छन् ।
उनले यस विषयमा भनेका छन्, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घण्टा लामो भिडियो आफ्नो खातामा अपलोड गर्न सक्ने छन् ।’
यो फिचर अब ट्विटर प्रयोगकर्ताले प्रयोगमा ल्याउन सक्ने छन् । नयाँ फिचर थपिए पश्चात ट्विटर प्रयोगकर्ता हर्शित पनि बनेका छन् ।