काठमाडौँ । धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् । धनगढी उपमहानगरपालिका ५ हसनपुर निवासी २६ वर्षीय डा प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरमा मृत भेटिएकी हुन् ।
शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।