काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट महानगरभित्रको तार व्यवस्थापन गर्ने भएको छ । आइतबार बसेको बैठकले उक्त निर्णय गरेको महानगरले जानकारी दिएको छ ।
पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर हुँदै असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरिएको छ । आइतबार बसेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियरहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएसन अफ नेपाल (आइएसपीएएन) का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरू सहभागी भएका थिय ।