काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवापुस्तामा खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका नौ चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’मा आबद्ध गरेको छ।
काठमाडौंस्थित एभरेस्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय टोलीका नौ खेलाडीबीच औपचारिक सम्झौता भएको हो।
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्य बनेका छन्।
सम्झौतापछि खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, ब्रान्डका विभिन्न प्रवद्र्धनात्मक, खेलकुद तथा अन्य गतिविधिमा पनि उनीहरूको सहभागिता रहनेछ।
नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवापुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको यो सहकार्यले खेलकुद र ब्रान्डबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

सात एनपीएल टोली समेटिएको विशेष क्यान सार्वजनिक
कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध सात टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ।
एनपीएलका टोलीहरूको पहिचान र क्रिकेटप्रति समर्थकहरूको उत्साहलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानले खेलाडी तथा समर्थकसँगको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीको विश्वास छ।
विशेष संस्करणको क्यानमार्फत एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ आफ्नो उपस्थिति अझ प्रभावकारी बनाउने एक्सट्रीम इनर्जी ड्रिंकले जनाएको छ।
कम्पनीले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ।



