कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीको बहावले पुलको बीच भागमा रहेको एक पोल बगाएपछि पुल चुँडिएको हो।
पुल चुँडिएसँगै दोधारा चाँदनी र भीमदत्तनगरबीचको पैदल आवतजावत प्रभावित भएको छ। स्थानीयका अनुसार पुलबाट दैनिक ठूलो संख्यामा मानिसहरू आवतजावत गर्दै आएका थिए।
नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।
पुलको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर र चौडाइ १ दशमलव ६ मिटर रहेको छ। महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा स्थानीयको आवतजावत सहज बनाउँदै आएको थियो।
महाकाली नदीमा आएको तीव्र बहावका कारण पुलको संरचनामै क्षति पुगेपछि अहिले आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।
झोलुङ्गे पुल चुँडिएपछि दोधारा चाँदनीको आवतजावत ठप्प
झोलुङ्गे पुल चुँडिएपछि दोधारा चाँदनीको आवतजावत ठप्प
तपाईको प्रतिक्रिया



