काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि ५५ जिल्लामा संयोजक तोकेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन तयारी समितिले कोशीका ८, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकेको हो ।
मधेश प्रदेशका कुनै पनि जिल्लामा भने संयोजक तोकिएको छैन । कोशीका ६, बागमतीका २, गण्डकीका ३, कर्णालीका २ र सुदूरपश्चिमको १ जिल्लामा संयोजक तोक्न बाँकी छ ।
समितिले १५ असोजमा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । कार्यतालिकाअनुसार २१ देखि २३ मंसिरसम्म काठमाडौंमा कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।
देउवा समूहबाट ५५ जिल्लामा महाधिवेशन संयोजक तोकिए
देउवा समूहबाट ५५ जिल्लामा महाधिवेशन संयोजक तोकिए
तपाईको प्रतिक्रिया



