• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

१ असोज २०८३ ,बिहिवार ,Sep 17, 2026 thursday

प्रिमियरमा ‘झिंगे दाउ २’ को चर्चा, बुकिङ खुला

विपिन र मिरूनालाई लिएर उपेन्द्र सुब्बाले बनाए ‘बखत्ते’

जेनजी पुस्ताका सांसदसँग बालेनको अन्तरक्रिया

जलवायु अनुकूलनमा नेपालको तयारी कस्तो छ ?

क्यानडा पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

दलित अधिकार र विकासका लागि विधेयक मस्यौदा तयार

प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष छलफल !

संकटग्रस्त सहकारीका १३५ साना बचतकर्तालाई रकम फिर्ता गर्दै !

लोकप्रिय समाचार

  • १. आईसीयूभित्र अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो, सांसद बाँस्कोटाको प्रश्न– ‘भ्युजभन्दा ठूलो मानवीय जीवन होइन?’

  • २. ऊर्जामन्त्री श्रेष्ठले गरे दक्षिण कोरियाको भ्रमण रद्द !

  • ३. कोठा खोज्ने नाममा जातीय विभेद, सांसद विकले सरकारसँग मागिन् तत्काल कारबाही

  • ४. विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

  • ५. रसुवा बाढीपछि पुनर्निर्माणका लागि उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

  • ६. सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल !

  • ७. बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप

  • ८. तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो

  • ९. प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष छलफल !

  • १०. संकटग्रस्त सहकारीका १३५ साना बचतकर्तालाई रकम फिर्ता गर्दै !

ऊर्जामन्त्री श्रेष्ठले गरे दक्षिण कोरियाको भ्रमण रद्द !


  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन् ।

    Advertisement

    देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको ठूलो क्षतिका कारण उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कामलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले भ्रमण रद्द गरेको मन्त्रालयले जनाएको छ ।

    भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढीबाट १३ जलविद्युत् आयोजना तथा पाँचवटा सौर्य आयोजनामा क्षति पुगेको प्रारम्भिक क्षति आकलनमा देखिएको छ । ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान र पुनर्निर्माणका लागि मात्रै करिब ३ खर्ब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

    विपद्का कारण प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चुनौतीपूर्ण रहेको अवस्थामा मन्त्रालयले उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने अवस्था छ । यससँगै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित गर्ने र प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने जिम्मेवारी पनि मन्त्रालयसामु छ ।

    बाढीका कारण प्रसारण तथा वितरण प्रणालीका विभिन्न संरचनामा समेत क्षति पुगेपछि कतिपय आयोजना राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका थिए । विद्युत् सेवा नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गर्दै पुनःस्थापनाको काम अघि बढाइरहेको छ ।

    मन्त्री श्रेष्ठले विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले विदेश भ्रमणभन्दा अहिले देशभित्रै रहेर उद्धार, पुनःस्थापना र ऊर्जा प्रणाली सुधारका काममा केन्द्रित हुने निर्णय गरेका हुन् ।

    मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम थियो

    मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स–२०२६’ (GICC 2026) मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो ।

    दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार GICC 2026 मा ३२ देशका मन्त्री तथा उपमन्त्रीसहित करिब ५०० जना सहभागी हुने कार्यक्रम तय गरिएको थियो । सम्मेलनमा विश्वव्यापी पूर्वाधार सहकार्य, एआई, ऊर्जा रूपान्तरण तथा अन्तर्राष्ट्रिय पूर्वाधार परियोजनामा सहकार्यका विषयमा छलफल हुँदैछ ।

    नेपालबाट उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो । तर, मुलुकभित्रै विपद्का कारण ऊर्जा क्षेत्रमा गम्भीर चुनौती देखिएपछि मन्त्री श्रेष्ठले भ्रमण रद्द गर्ने निर्णय गरेका हुन् ।

    मन्त्रालयका अनुसार अहिलेको प्राथमिकता प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त ऊर्जा संरचनाको अवस्था पहिचान गरी पुनःस्थापना गर्ने, विद्युत् आपूर्तिलाई भरपर्दो बनाउने र विपद्पछिको पुनर्निर्माणलाई गति दिने रहेको छ ।

    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी पुस्ताका सांसदसँग बालेनको अन्तरक्रिया
    जलवायु अनुकूलनमा नेपालको तयारी कस्तो छ ?
    क्यानडा पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ
    दलित अधिकार र विकासका लागि विधेयक मस्यौदा तयार
    प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष छलफल !
    संकटग्रस्त सहकारीका १३५ साना बचतकर्तालाई रकम फिर्ता गर्दै !

    Facebook Page

    लोकप्रिय

    • १.
      आईसीयूभित्र अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो, सांसद बाँस्कोटाको प्रश्न– ‘भ्युजभन्दा ठूलो मानवीय जीवन होइन?’

    • २.
      ऊर्जामन्त्री श्रेष्ठले गरे दक्षिण कोरियाको भ्रमण रद्द !

    • ३.
      कोठा खोज्ने नाममा जातीय विभेद, सांसद विकले सरकारसँग मागिन् तत्काल कारबाही

    • ४.
      विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

    • ५.
      रसुवा बाढीपछि पुनर्निर्माणका लागि उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

    • ६.
      सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल !

    भर्खरै

    • १.
      १ असोज २०८३ ,बिहिवार ,Sep 17, 2026 thursday

    • २.
      प्रिमियरमा ‘झिंगे दाउ २’ को चर्चा, बुकिङ खुला

    • ३.
      विपिन र मिरूनालाई लिएर उपेन्द्र सुब्बाले बनाए ‘बखत्ते’

    • ४.
      जेनजी पुस्ताका सांसदसँग बालेनको अन्तरक्रिया

    • ५.
      जलवायु अनुकूलनमा नेपालको तयारी कस्तो छ ?

    • ६.
      क्यानडा पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

    • ७.
      दलित अधिकार र विकासका लागि विधेयक मस्यौदा तयार

    • ८.
      प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष छलफल !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.