काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपद्को सामना गर्नको लागि तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै संयोजक प्रचण्डले सुरुवातमा सरकारले सक्रियता देखाएको भए पनि पछि त्यसअनुसार काम नभएको बताएका छन्। सेना परिचालन गरिएको भए पनि जनपरिचालन नभएको उनको भनाइ छ।
‘प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने आउनेमा त देखियो, सेनाले जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो। त्यसका लागि धन्यवाद,’ प्रचण्डले थपे, ‘सेना परिचालन भयो, जन परिचालन भएन। जनपरिचालन नगर्दासम्म समस्याको वास्तविक समस्या समाधान हुँदैन।’


