काठमाडौँ । सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा रसुवामा गएको विनाशकारी बाढीको बारेमा जानकारी गराउने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा बाढीले पुर्याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुर्नस्थपनाको तयारीबारे सरकारले संसद्लाई जानकारी गराउने भएको हो ।
बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ । तर कुन मन्त्रीले जानकारी गराउने भन्ने तय भएको छैन ।
प्रतिनिधिसभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम छ ।


